आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा

आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं ।  आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को  इन्टिग्रिटी कमिटिको आइतबार बसेको बैठकले आदिलमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  

क्यानको आयोजनामा २०७९ पुस ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संचालन भएको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताका दौरान स्पट फिक्सिङको आरोप लागेका राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिललाई एन्टि करप्सन कोड बमोजिम कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाइएको थियो ।

आदिलसँगै महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीविरुद्धै केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।

 काठमाडौं जिल्ला अदालतले २०८० चैत्र १३ गते सिआइबीको दाबी नपुग्ने भन्दै सबैलाई सफाइ दिइसकेको थियो।

प्रतिबन्ध फुकुवा भएसँगै आदिलले अब सबै खाले प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply